२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सभामुख सापकोटा भन्छन् : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्नेछु



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘ म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’

बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।

सापकोटाले संसदको गतिरोध अन्त्यका लागि पनि उपाय खोज्ने बताए । ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामाअब सोच्छु,’ उनले भने, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’

उनी अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १० : ५३ बजे

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन हुँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ

पश्चिम एशिया तनाब : १ नेपालीको मृत्यु, २१ घाइते; ११ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण त्यहाँ रहेका नेपालीहरूमा

नेपाली क्लाइम्बिङ टोली चीन जाने

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा