३ असार २०८१, सोमबार | June 17, 2024

सहमतिका साथ शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याऔँ : अग्नि सापकोटा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र_का उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जारी शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपालले कृष्ण सेन ‘इच्छुक’को २२औँ स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको ‘प्रभातफेरी’ कार्यक्रममा उनले शान्ति प्रक्रियाजस्तो संवेदनशील विषयमा राजनीति नगरी सहमतिका साथ टुङ्गोमा पुर्‍याउनुपर्ने बताए । उपाध्यक्ष सापकोटाले नेपालको पत्रकारितामा कृष्ण सेनको योगदान अमूल्य रहेको चर्चा गर्दै उनको न्यायका लागि सिङ्गो पत्रकारिता जगत लाग्नुपर्ने बताए।

कार्यक्रममा समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले द्वन्द्वकालमा इच्छुकलगायत पत्रकारले देश र जनताका पक्षमा कलम चलाउँदा जेलनेलको यातनासहित जीवन गुमाउनुपरेको उल्लेख गर्दै उहाँहरूको सपना साकार तुल्याउन एकतावद्ध भई अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।।

मानवअधिकारकर्मी, लेखक तथा जनादेश साप्ताहिकका सम्पादकसमेत रहेका इच्छुकको काठमाडौँस्थित प्रहरी हिरासतमा रहेकै बेला विसं २०५९ जेठ १३ गते निधन भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  २ : ४२ बजे

सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

काठमाडौं । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची

‘बोक्सीको घर’ ले पूरा गर्यो ५१ औँ दिन

काठमाडौं । यो वर्ष प्रदर्शनको ५१ औँ दिन पूरा गर्ने

दार्जिलिङको नयाँ जलपाईगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नैपर्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको