११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ग्लोबल आईएमई बैंकले ग्राहकलाई दियो डिजिटल बैंकिङ प्रयोगको तालिम



बुटवल । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरुलाई एकैठाँउमा भेला गरेर बैंकको डिजिटल बैंकिङ सम्बन्धमा साक्षर गराएको छ । बैंकले लुम्बिनी प्रदेशका ५६ वटा शाखा अन्तर्गतका ग्राहकहरुलाई डिजिटल बैंकिङ सम्बन्धमा साक्षर बनाएका हो ।

बिहिबार बुटवलको राममन्दिर लाईन र अस्पताल लाईन शाखा अन्तर्गतका ग्राहकहरुलाई ग्लोबल आईएमई बैंकको डिजिटल प्रविधिको जानकारी दिईएको छ । बेंका डिजिटल बैंक प्रमुख जाज्र्वल्य ज्योशीले बैंकले हाल संचालनमा ल्याएको डिजिटल प्रविधिका विषयमा साक्षर गराएका थिए । सो अवसरमा जोशीले डिजिटल प्रबिधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी र गोपनियताका विषयमा ग्राहकहरुलाई सचेत बनाएका थिए ।

कार्यक्रममा बैंककी रेमिट्यान्स प्रमुख सुवेक्षा राणाले वित्तीय साक्षरता डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रमको सहजिकरण गर्दै बैंकले आगामी दिनहरुमा अझै स्मार्ट प्रविधिहरु ल्याउने तयारी गरिरहेको बताइन् । उनले बैंकको साना सानो कामलाई पनि बैंक धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै घर वा व्यवसायीक स्थलमै बसेर सम्पूर्ण बैंकिङ सेवा लिन सकिने गरि ग्लोबल बैंकले सेवा दिने प्रयास गरिरहेको जनाइन् ।

लुम्बिनी प्रदेशका ५६ शाखाका ग्राहकहरुलाई ५० स्थानमा आमन्त्रण गरि डिजिटल बैंकको प्रयोग सम्बन्धित विषयहरु जानकारी दिने उद्देश्यले साक्षरता कार्यक्रम राखिएको बैंकका अस्पताल लाईन शाखा प्रमुख हेमन्त कंडेलले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : १५ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै