१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भारतमा पनि फेला परे कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित, नेपालमा त्रास



काठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाका अनुसार कर्नाटकमा ओमिक्रोनका २ जना पुरुष संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका सहसचिव लभ अगरवालले भनेका छन् ‘६६ र ४६ वर्षीय ओमिक्रोनका संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ। अहिलेसम्म संक्रमितमा कुनै गम्भीर लक्षणहरू देखा परेका छैनन् ।’

डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ ।

त्यस्तै, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे ‌अ‍ायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ ।

योसँगै खुला सिमाना रहेको नेपालमा समेत त्रास बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम नपरी विदेश भ्रमणमा नजान आग्रह गरिसकेको छ । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : ०५ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन