१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

भारतमा पनि फेला परे कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित, नेपालमा त्रास



काठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाका अनुसार कर्नाटकमा ओमिक्रोनका २ जना पुरुष संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका सहसचिव लभ अगरवालले भनेका छन् ‘६६ र ४६ वर्षीय ओमिक्रोनका संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ। अहिलेसम्म संक्रमितमा कुनै गम्भीर लक्षणहरू देखा परेका छैनन् ।’

डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ ।

त्यस्तै, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे ‌अ‍ायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ ।

योसँगै खुला सिमाना रहेको नेपालमा समेत त्रास बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम नपरी विदेश भ्रमणमा नजान आग्रह गरिसकेको छ । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : ०५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम