२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

कांग्रेस १४ औं महाधिवेशन : लुम्बिनी प्रदेशमा १६७० मतदातामा १६३१ मत खस्यो



बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश समितिका लागि आज बिहानबाट सुरु भएको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान ११ बजेबाट सुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको हो ।

कुल १ हजार ६ सय ७० मतदाता मध्ये १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ । भैरहवास्थित महेन्द्र सभागृहमा सम्पन्न मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल सहितचुनावी मैदानमा होमिएका थिए।

संस्थापन पक्षबाट भरतकुमार शाहको नेतृत्वमा प्यानल र संस्थापनइतरबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावी मैदानमा छ । बिहान ११ बजे गृहमन्त्री बालकृष्ण खाणले मत खसालेर मतदानको सुरुवात गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ४५ बजे

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

युवामा नेतृत्व विकास गर्न ‘इमर्जिङ युथ स्पिकर सिजन थ्रि’ सम्पन्न, निश्चल भट्टराई प्रथम

बुटवल । युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सीप