१ पुस २०८२, मंगलबार | December 16, 2025

पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै हो : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गठबन्धन राष्ट्रिय सभाको चुनावसम्मका लागि मात्र भएको बताएका हुन् ।

त्यसपछि गठबन्धनलाई निरन्तरता दिने नदिने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनले बताए । ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्यसपछि गठबन्धनलाई निरन्तरता दिने नदिने भन्ने विषयमा छलफल भएको छैन ।’

राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ । १ जना राष्ट्रपतिबाट मनोनित हुनेछ ।

देउवाले १४ औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको बताएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : ०४ बजे

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक