२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

योगेश भट्टराईले भने- एमाले र गैंडा समान छ, जाइलाग्नेलाई छोड्दैन



चितवन । नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् ।

प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने धम्की दिए ।

चितवनमा हालै सम्पन्न पार्टीको १० औँ महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले भने, ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन ।’

एमालेको शक्ति प्रदर्शनलाई एमालेले नै बाहेक अरूले तोड्न नसक्ने दाबी गरेका उनले महाधिवेशनबाट एमाले एकताबद्ध भएर अघि बढेको बताए ।

ताजा जनादेशबाट एमालेले सरकार बनाउने बताउँदै उनले पाँच दलीय गठबन्धनले देशमा बेथिति निम्त्याएकाले यसलाई चिर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी गरे ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : १४ बजे

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट