२० मंसिर २०८२, शनिबार | December 7, 2025

लगानीमैत्री नीति बनाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह



बुटवल । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा अर्थतन्त्रको विकासका लागि लगानीमैत्री नीति बनाउन सरकारसँग आग्रह गरेका छन् ।

उपाध्यक्ष ढकालले विकसित मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अब्बल बनेको धारणा राखे ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६८औँ वार्षिक साधारणसभाको आज बुटवलमा उद्घाटनपछि वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र लक्षित नीति बनाउँदा सरोकारवालाको सुझाव सल्लाह लिन आग्रह गर्दै उनले यसो गर्दा त्यसमा निजी क्षेत्रको पनि अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने भनाइ राखे । उनले बुटवलको बमघाट–वसन्तपुर केबुलकार निर्माण सम्पन्न भएपछि बुटवलसँगै यस क्षत्रको पर्यटन उद्योग फस्टाउने विश्वास व्यक्त गरे ।

सभामा सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाको समयदेखि हालसम्म यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सङ्घले खेलेको भूमिकाबारे धाराणा राखे । कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको बताउँदै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई व्यवसायमैत्री हुन आग्रह गरे । प्रदेश संरचना स्थापना र प्रदेशको स्थायी राजधानीका लागि सङ्घले आफ्नो भवन सरकारलाई उपलब्ध गराएको स्मरण गर्दै स्थायी राजधानी कायम हुन नसके पनि बुटवल प्रदेशको आर्थिक केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा व्यवसायीमैत्री, लगानीमैत्री र रोजगारमैत्री वातावरण बन्दै गएको बताए । निजी क्षेत्रसँगको सहकार्यबिना विकास सम्भव नभएको बताउँदै उनले बुटवलले निजी क्षेत्रलाई अगाडि लगाएर विकासका पाइला चालेको दाबी गरे ।

नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले विकास निर्माणका कार्यमा बुटवल पछाडि परेको आरोप लगाए । नेपाल उद्योग वाणिज्य महासङ्घ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले स्वदेशी पूँजी स्वदेशमै परिचालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै, महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएका समस्या समाधानमा गम्भीर बन्न सरकारलाई आग्रह गरे।

यसैबीच, बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले तीनजना चिकित्सकलाई सम्मान गरेको छ । कोभिड महामारीको समयमा सङ्घले सञ्चालन गरेको कोभिड हेल्पडेस्कमा बसेर स्वास्थ्य परामर्श गरेका चिकित्सक द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुशान्त श्रेष्ठलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : १६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल