१० भदौ २०८३, बुधबार | August 26, 2026

खोप अभियानलाई तीव्रता दिइन्छ : मन्त्री खतिवडा



नुवाकोट । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन् । आज त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गरेका हुन् ।

मन्त्री खतिवडाले सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने योजनामा रहेको बताए । उनले देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी भइरहेको बताए ।

“ हरेक नागरिकलाई खोप लगाउने सरकारको योजनालाई साकार पार्दैछौँ”, मन्त्री खतिवडाले भन्नुभयो, “नेपाली नागरिकलाई पुग्ने गरी खोप ल्याएका छाँै । साढे तीन करोड डोज खोप पाइपलाइनमा रहेको छ ।” मन्त्री खतिवडाले नागरिकलाई बुष्टर डोजको खोप केही दिनमा नै सुरुआत गरिनेसमेत बताए। “दुई डोज खोप लगाइसकेकालाई बुष्टर डोज खोपको लागि मन्त्रिपरिषद्मा छलफल भएको छ । केही दिनमा नै त्यसको निर्णय हुनेछ”, मन्त्री खतिवडाले भने ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशभित्र रहेको जिल्ला अस्पतालको निरीक्षण गरेर आवश्यकता पहिलाउँदै समाधानको बाटोमा जाने बताए । उनले गुणस्तरीय सेवा प्रवाह गर्नलाई प्रदेश सरकारबाट गर्नुपर्ने सबै प्रकारको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै त्रिशूली अस्पतालमा पाँच शय्याको डायलासिस कक्ष स्थापना गर्ने चरणमा रहेकोसमेत जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ३८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त