२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

एकीकृत समाजवादीकै नेतृत्वमा लालपूर्जा बाँडिन्छ : डा.चापागाई



बुटवल । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले भूमिहिन, सुकुम्बासीहरुको समस्या समाधान गठबन्धनको सरकारले गर्ने बताएका छन । नेकपा एकिकृत समाजवादी पार्टी निकटको नेपाल भूमिहिन तथा सुकुम्बासी संगठन रुपन्देहीको भेलालाई सम्बोधन गर्दै डा. चापागाईले एकीकृत समाजवादी सहितको सरकारले नै भूमिहिनहरुको समस्या समाधान गर्न सक्ने बताएका हुन् ।

यसअघिको एमालेको नेतृत्व भूमिहिनहरुको बिषयमा अनुदार बनेकै कारण साँढे ३ बर्ष सरकारमा भएर पनि भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान नभएको उनले आरोप लगाए । उनले एकिकृत समाजवादी पार्टीकै नेतृत्वमा भूमिहिनहरुले लालपूर्जा पाउने समेत बताए ।

भेलामा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले आफूहरुले कसैको भावनामाथी खेलेर झुक्याउने पार्टी नभएको बताए । उनले यसअघि बुटवलमा विष्णु पौडेलले लालपूर्जा दिन्छु भनेर चुनावमा गएपनि त्यो काम नगरेको भन्दै यो सरकारले भूमिहिनहरुलाई लालपूर्जा दिने तर त्यसका लागि शर्त अघि नसार्ने बताए । ‘सबै पार्टीका जनताले लालपूर्जा पाउछन् तर, त्यसवापत भोट दिनुपर्छ भनेर हामी शर्त राख्दैनौं’ उनले भने ।

भेलालाई अर्का केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज सिद्धिचरण भट्टराईले साँढे ३ वर्षसम्म ओली नेतृत्वको सरकारले केहि पनि काम नगरेको टिप्पणी गरे । उनले काम गर्न आफूहरुसँग पर्याप्त समय रहेको बताए ।

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : ४३ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ