२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

माओवादी लुम्बिनी प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा, २०५ सदस्यीय कमिटी बन्ने



बुटवल । नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशस्तरीय प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । २५-२६ मंसिरम दाङको राप्ती गाउँपालिका-२ बराखुटीमा हुने सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश सम्मेलन प्रचारप्रसार उपसमिति संयोजक जीवन गौतमले जानकारी दिए ।

माओवादीले यसपटक स्थानीय पालिकालाई कार्यकारी बनाएको छ । लुम्बिनी प्रदेशका १०९ वटै पालिकाबाट सम्मेलनमा भौगोलिक उपस्थिति हुने संयोजक गौतमले बताए । माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुने छ ।

‘२०५ सदस्यीय कमिटीमा १०९ जना पालिकाबाट छानिने छन्, यसले गर्दा पालिका कार्यकारी भएको छ,’ उनले भने । मुलुक संघीयतामा गएसँगै जिल्ला संरचना खारेज भएको अवस्थामा पालिकालाई कार्यकारी बनाइएको गौतमले बताए ।

माओवादीको हाल कायम रहेको जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति बनाइने छ भने केन्द्र, प्रदेश र पालिकास्तरीय समिति कार्यकारी रहने छन् । पालिकाको सम्वन्ध प्रदेश कमिटीसँग र प्रदेशको सम्बन्ध केन्द्रीय कमिटीसँग रहने छ ।

२०५ सदस्यीय लुम्बिनी प्रदेश सम्मेलनमा ७६ जना खुलारुपमा छानिने प्रचारप्रसार संयोजक गौतमको भनाइ छ । माओवादीले महिला सहभागिता ३५ प्रतिशत गराउने भएको छ । यस आधारमा लुम्बिनी प्रदेश समितिमा ७० जनाको महिला प्रतिनिधित्व हुने छ । दलितको प्रतिनिधित्व ३० जना अर्थात १५ प्रतिशत हुने छ भने मुस्लिम समुदायको सहभागिता पाँच प्रतिशत हुने छ । प्रदेश समितिमा १० जना मुस्लिमको कोटाबाट छानिने छन् ।

बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।

माओवादीले उपमहानगरबाट अनिवार्य तीनजना र नगर तथा गाउँपालिकाबाट दुई-दुई जना प्रतिनिधि सम्मेलनमा सहभागी गराउँदै छ । अरु प्रतिनिधि सदस्य संख्याको आधारमा तय गरिएको छ । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एकलाख १२ हजार रहेको छ । जस अनुसार सबैभन्दा धेरै दाङमा १९ हजार ७०० छन् ।

माओवादीको विधान अनुसार अव प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउने छैनन् । प्रदेश कमिटीको पदाधिकारी रहेका केन्द्रीय सदस्यहरुले अव भने कुनै एक रोज्नुपर्ने भएको छ । माओवादी प्रदेश सम्मेलनको उदघाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ११ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ