२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

कांग्रेस महाधिवेशन : देउवा पक्षको भेला बुढानिलकण्ठमा, पौडेल पक्ष अनुपम फुडल्यान्डमा



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाटन हुन अब दुई दिन मात्र बाँकी छ । त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन् ।

बुधबार दुवै समूह बैठकमा जुटेका छन् । संस्थापन पक्षको बैठक पार्टी सभापति एवं प्रधानमन्त्री निवास बुढानिलकण्ठमा बस्दैछ भने पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ ।

केहीबेर अघि सुरु बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा।रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी छन् । सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा सहभागी थिए । तर, चार आकांक्षीमध्ये कोही पनि बैठकमा नबस्ने भनेपछि पौडेल पनि बाहिरिएका छन्। बैठकले छलफल गरेर आकांक्षीहरूलाई सुझाव दिनेछन् ।

मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा पाँच घन्टासम्म बसेको बैठकले बुधबारसम्म सभापतिके साझा उम्मेदवार तय गर्ने भन्दै टुंगिएको थियो । बैठकमा सभापतिमध्येका एक आकांक्षी डा।शशांक कोइरालाले नेता पौडेलका लागि आफूले सभापतिमा गरेको दाबी छाड्ने बताएका थिए । तर, प्रकाशमान सिंह र डा।शेखर कोइराला भने आ–आफ्नो अडानबाट टसमस भएका छैनन् ।

उता, संस्थापन पक्षको बैठकमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुढानिलकण्ठ प्रस्थान गरेका छन् । उनी १० बजे बालुवाटारबाट बुढानिलकण्ठका लागि प्रस्थान गरेका हुन् । देउवाले आज आफ्नो पक्षको पदाधिकारीको टुंगो लगाउने भएका छन् । देउवा पक्षमा पनि पदाधिकारी टुंग्याउन निकै सकस छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षी धेरै भएकाले देउवा तनावमा छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ३३ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ