१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कांग्रेस १४ औं महाधिवेशन : उम्मेदवार छान्नै सकस



काठमाडौं । नेपाली कांग्रेसकोे १४औं महाधिवेश भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।

संस्थापन पक्षले उम्मेदवार’ छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो ।

तर, संस्थापन र इतर दुवैतर्फको बैठक उम्मेदवार’ कुनै टुंगो नै नलगाई बिनानिष्कर्ष सकिएको हो । संस्थापन समूहको बैठकमा सभापतिले पार्टीका लागि पदाधिकारी बन्न चाहनेहरूको राय लिएका थिए भने इतर पक्षको बैठकमा सभापतिका उम्मेदवारमा दाबी गर्दै आएका नेतात्रय रामचन्द्र पौडले, प्रकाशमान सिंह र डा। शेखर कोइरालाबीच सहमति खोज्ने प्रयास भएको थियो ।

संस्थापन पक्षको बैठकले भने पदाधिकारी र सदस्य बन्न चाहने उम्मेदवारको राय लिएपछि आवश्यक छलफल र निर्णय गरी नाम सिफारिस गर्ने अधिकार सातै प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई जिम्मा दिएको संस्थापन इतर समूहबाट सहमहामन्त्रीको उम्मेदवार दाबी गर्दै आएका नेता मीन विश्वकर्माले राजधानीसँग भने ।

सो कामका लागि संस्थापन पक्षले सुदूरपश्चिममा एनपी साउन, कर्णाली पूर्णबहादुर खड्का, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बाग्मतीमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल र प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिइएको हो । यसैगरी, इतर पक्षको बैठकमा सहमतिको अवस्था नबनेपछि वरिष्ठ नेता पौडेलले भने पार्टीलाई कमजोर बनाएर आफू हेरेर बस्न नसक्ने भन्दै बैठकमै आक्रोश व्यक्त गरे ।

उनले सिंह र कोइराला दुवैलाई ‘कि मिल्नुस् कि छाड्नुस्’ भन्दै पटकपटक आग्रह गरेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘प्रकाशजी र शेखरजी दुवै नेतालाई हामी सबैले पार्टीभित्रको सुधारवादी आन्दोलन कमजोर नहोस् भनेर पटक पटक मिल्नका लागि आग्रह गर्यौं तर उहाँहरू सहमति खोज्न तयार हुनुभएन,’ नेता केसीले भने ।

सहमतिको वातावरण बन्नेभन्दा बिग्रनेतर्फ अघि बढेपछि वरिष्ठ नेता पौडेलले ‘त्यसो भए म राजनीति छाड्छु, तपाईंहरू चलाउनुस्, म घरमा बस्छु’ भन्दै झोक्किएको एक नेताले जानकारी दिए । सभापतिका अर्का आकांक्षी रहेका महामन्त्री डा। शशांक कोइराला भने ब्याक भइसकेका छन् ।

उनले पौडेललाई समर्थन दिएका छन् । पौडेल पनि दुवै नेतालाई मिलाएर आफू अघि बढ्न प्रयासरत छन् । म्ंगलबारसमेत सिंह निवास चाक्सीबारीमा ५ घण्टा इतर समूहको बैठक बसेको थियो ।

त्यस्तै, बुधबार बिहानसमेत बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सहमतिको लामो प्रयास भएको थियो । सहमतिका लागि बिहीबार पुनः बैठक बस्ने बताइएको छ । प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक नेपाली कांग्रेसले १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको हो । प्रकाशित सूचीमा सातै प्रदेशका ७६ जिल्लाका प्रतिनिधिको नाम उल्लेख छ । तर, प्रदेश २ का सर्लाही जिल्लाबाट भने नामावली केन्द्रीय निर्वाचन समितिमा नआएका कारण राखिएको छैन ।

यस्तै, महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिहरूको नामसमेत सार्वजनिक हुन बाँकी छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सर्लाहीका चारै क्षेत्र र महोत्तरी ३ को प्रतिनिधिको सूची पनि शुक्रबारसम्म सार्वजनिक गरिने जानकारी दिए । प्रकाशित सूचीमा जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरूको नाम भने समावेश गरिएको छैन ।

कांग्रेसले १४औं महाधिवेशनमा देश तथा विदेश एवं भ्रातृ तथा शुभेच्छुक संघ संस्थाबाट र मनोनीत हुनेगरी ४६ सय बढी प्रतिनिधि सहभागी हुने बताउँदै आएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : ५२ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका