६ श्रावण २०८३, बुधबार | July 23, 2026

नबिल बैंकले सार्वजनिक ग-यो ‘नबिल डिजीबैंक पोर्टल’



काठमाडौं । नबिल बैंकले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले आज आयोजित एक कार्यक्रमका बीच नबिल डिजीबैंक पोर्टलको सुरुआत गर्दै कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब साँच्चिकै डिजिटल बैंकका रूपमा विकास भएको बताए । बैंकले ३७ वर्षे अवधिमा गरेको प्रमुख कार्यमध्ये डिजीबैंक पोर्टलसमेत एक रहेको उनको भनाइ थियो ।

सो पोर्टलमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट÷क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध रहेको छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवा थप गर्दै जाने योजना बनाएको छ ।

कार्यक्रममा बैंकका सिइओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आइकार्डलगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरेका थिए ।

भिकेवाइसीको सुरुआतसँगै ग्राहकसँग केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ । भिकेवाइसी छनोटमार्फत ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्नेछ ।

त्यसैगरी नबिल भर्चुअल आइकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । यसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आइकार्डका लागि आवेदन दिन सक्नेछन् । यसैगरी ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सिभीभी)सहित मोबाइल बैंक एपभित्र भर्चुअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतीय रुपैयाँबाहेक) इ–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : ४७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क