१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधी जयरामलाई



काठमाडौं । सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जयराम श्रेष्ठले जितेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको खेलमा नेपालका नम्बर एक भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै जयरामले उपाधि जितेका हुन् ।

अन्तिम दिन ४ अन्डर ६४ अंक जोडेका जयरामले कुल ९ अन्डर २ सय ६३ अंक जोड्न सके। आफ्नो करियरमै पहिलो उपाधिसँगै जयरामले १ लाख १० हजार नगद प्राप्त गरेका छन्।

भुवनले २ अन्डर ६६ अंकसहित कुल २ सय ६५ अंक जोडेर ७४ हजार प्राप्त गरेका छन् । यस्तै ५ अन्डर २ सय ६७ स्कोरसहित तेस्रो भएका दिनेश प्रजापतिले ६० हजार प्राप्त गरे ।

कुमार कामी, भुवन कुमार रोक्का र रबि खड्का संयुक्त चौंथो हुँदै ४२ हजार नगद प्राप्त गरे ।

शुक्रबहादुर राई सातौं हुँदै ३२ हजार प्राप्त गरे भने धनबहादुर प्रजापति र संजय लामा आठौं भए । उनीहरुले २६ हजार ५ सय पाए । अन्तिममा रहेका विनोद तामाङले २३ हजार प्राप्त गरेका छन्।

सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फमा ४० पेशेवर र १५ एमेच्योर गल्फर गरी जम्मा ५५ खेलाडीको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : ०० बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर