२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

लुम्बिनीमा पाँच करोडको रामजानकी हनुमान मन्दिर बन्दै



बुटवल । लुम्बिनीमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१ स्थित भगवानपुर (खुनगाई) मा पाँच करोड रुपैयाँको लागतमा रामजानकी हनुमान मन्दिरको निर्माण थालिएको छ । विवाह पञ्चमीको अवसर पारेर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे ।

धर्म संस्कृतिको संरक्षण र संम्वर्द्धनका लागि रामजानकी हनुमान मन्दिर निर्माण गर्न लागिएको मेयर मनमोहन चौधरीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न हुनेछ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका इञ्जिनियर राजेश कोहारले एक बिघा एक धुर क्षेत्रफलमा मन्दिर बन्ने बताए । उनका अनुसार रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल मन्दिर निर्माण हुनेछन् ।

दुई हजार वर्गफिटमा बन्ने मन्दिर आकर्षक डिजाइनमा तयार हुने पनि कोहांरले बताए । मन्दिर शिलान्यासमा राम जन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक इँटा राखिएको छ ।

बाबुल लुम्बिनी सांस्कृतिक एशोसिएट प्रालिले उक्त मन्दिर निर्माणका लागि १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ०७ बजे

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले