४ पुस २०८२, शुक्रबार | December 19, 2025

एकीकृत समाजवादीले रुपन्देहीको २ नम्बर क्षेत्रमा निर्वाचन जित्ने दाबी, प्रशिक्षणका लागि शनिबार माधव नेपाल बुटवल आउँदै



बुटवल । नेकपा (एकिकृत समाजवादी) का रुपन्देही अध्यक्ष राजु गुरुङले एमाले अध्यक्ष केपी ओलीले डिलमा पु¥याएको कम्यूनिष्ट आन्दोलनलाई माधव कुमार नेपालले बचाएको बताएका छन् । एकीकृत समाजवादी गठन भएपछि पहिलो पटक बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले ओलीकै कारण संविधान र कम्यूनिष्ट आन्दोलन नै सकिने अवस्थामा पुगेकाले त्यसलाई बचाउनका लागि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताए ।

उनले एमालेबाट विभाजन भएपनि छिट्टै रुपन्देहीमा साबिक एमाले बराबर सदस्यको संख्या पु¥याउने दाबी गर्दै आगामी निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र न. २ मा आफूहरुले जित्ने दावी गरे । रुपन्देहीमा करिव ३५ सय सदस्यता वितरण भएको बताउँदै ३ महिना भित्र ८ हजार सदस्य बनाउने अध्यक्ष गुरुङले बताए ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एंव प्रदेश र जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन अध्यक्ष माधव नेपाल बुटवल आउने कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भेलाका क्रममा केही महत्वपूर्ण व्यक्तिहरु एकीकृत समाजवादीमा प्रवेश गर्ने समेत गुरुङले संकेत गरे ।

शनिबार विहान ११ बजे बुटववल ८ सुख्खानगर स्थित लुम्बिनी प्रदेश र रुपन्देही पार्टी कार्यालय उद्घाटन गर्ने र त्यसलत्तै योगिकुटी स्थित होटल पौवामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुरु हुने गुरुङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले केपी ओलीको स्वेच्छाचारी र निरकुंश कार्यशैलीका कारण विद्रोह गरेर पार्टी पुर्नगठनमा लाग्नुपरेको बताए । उनले आफूहरु बाध्य भएर विद्रोहमा उत्रनुपरेको बताउँदै देशभर छोटो अवधिमा संगठन विस्तार तिव्र रुपमा अघि बढेको बताए ।

भेला तथा प्रशिक्षणमा कार्यक्रममा पार्टीका उपमहाचिव डा. विजय पौडेल, सचिव एंव लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटि अध्यक्ष मेटमणी चौधरी लगायतका नेताहरुको उपस्थिती रहने प्रचार विभाग प्रमुख सरिता श्रीसले बताईन ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : १९ बजे

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि