२१ असार २०८३, आइतबार | July 5, 2026

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन



काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गर्न अर्थमन्त्री रामेश्वर खनाल बुटवल उपमहानगरपालिकामा पुगेका छन् ।

तोडफोड र आगजनीबाट क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुगेका अर्थमन्त्री खनालले बिहिबार मात्र क्षतिग्रस्त कार्यालय भवन मर्मतसम्भार सम्बन्धी फाइल आफ्नो टेबुलमा आएको बताए । घटना भएको ३ महिना बढी भएपछि मात्र क्षतिको विवरण सहितको फायल मन्त्रीको टेवलमा पुगेको हो । उनले फाइल हेरेर आवश्यक निर्णय लिने बताउँदै भवन मर्मतका लागि संघीय सरकारले सहयोग गर्ने आश्वासन दिए ।

त्यसक्रममा क्षतिग्रस्त भवनका बिभिन्न कोठाहरु देखाउँदै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सामान्य मर्मतले मात्रै कार्यालयको सेवा प्रवाह गर्न सम्भव नभएको जानकारी दिए । उनले पूर्ववत कार्यसम्पादनका लागि संघ सरकारको सहयोग जरुरी रहेको बताए ।

मेयर पाण्डेयले कार्यालय भवन पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र उपमहानगरपालिकासँग त्यस्तो स्रोत नभएको उल्लेख गर्दै संघ सरकारबाट सहयोग गर्न माग गरेका हुन् ।

विकास योजनाका लागि छुट्टयाइएको बजेट कटौती नगरि स्थानीय सरकारको बजेटबाट पुननिर्माण सम्भव नभएको जनाउँदै नगर प्रमुख पाण्डेयले कार्यान्वयनमा गइसकेको योजना कटौती गर्दा समस्या आउने गुनासो गरे ।

जवाफमा अर्थमन्त्री खनालले संवेदनशील र कार्यान्वयनमा गइसकेका आयोजनाको बजेट कटौती नगरिएको जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ०८ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल