२० मंसिर २०८२, शनिबार | December 6, 2025

थकालीचोकबाट अबैध सालको काठ सहित २ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको कञ्चन गाँउपालिका ४ थकालीचोकबाट अवैध सालको काठ सहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलिले थकालीचोकबाट लु ३ च २४८१ नम्बरको बोलेरोमा चिरान सहितको सालको काठ लोड गरि लैजान लागेको अवस्थामा २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठ भनी देवदह ६ केलीका विवेक गौतम र जीप चालक सन्त सिन्वाली मगर रहेका छन् । उनीहरुबाट सालको काठको तयारी झ्याल ६ थान, ७ फुटकोचिरान सालको काठ १८ थान, ६ फुटको चिरान काठ २० थान, ५ फुटको सालको चिरान काठ २४ थान, ४ फुटको सालको चिरान काठ ६ थान, ३ फुटको चिरान सालको काठ २४ थान, ५ फुटको चिरान सालको काठ २ थान गरीजम्मा १०० थान अन्दाजी ५७।६२ क्यूफिट काठ बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए । बरामद भएको काठको अनुमानित मुल्य ५ लाखको रहेको समेत उनले बताए । चेकजाँचका क्रममा काठ ओसार पसार गर्ने अनुमती भएको कुनै कागजात पेश गर्न नसकेपछि काठ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका २ जना, काठ ओसारपसरारमा प्रयोग भएको जीप तथा बरामद भएको काठ थप अनुसन्धान र कारवाहीका लागि कञ्चन सव डिभिजन वन कार्यालय फायरलाईन रुपन्देहीमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ४६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले