१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मिरा ट्रष्टद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण



बुटवल । रुपन्देहीमा रहेको मिरा ट्रष्टले विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । ट्रष्टले शुक्रवार तिलोत्तमा ३ स्थित श्री हाम्रो सगरमाथा आधारभुत विद्यालयका कक्षा १ देखि ४ सम्म अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

पोशाक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा ३ का वडा सदस्य गिता सापकोटाले नगरपालीका बालमैत्री बन्ने क्रममा रहेका बेला ट्रष्टले गरेको सहयोगले अपरिहार्य भुमिका निर्वाह गर्ने बताइन् । उनले ट्रष्टको प्रशंसा गर्दै यस्ता अभियानले न्युन आय भएका विद्यालयका विद्यार्थीले समेत उच्चस्तरीय सरह सुविधा प्राप्त गर्न सकने जनाइन् ।

आगामी दिनमा निरन्तर सामाजिक कार्यमा लागिरहन उनले सुझाइन् । ट्रष्टका संस्थापक हेमलाल शर्माले विद्यार्थीहरुलाई पढ्न जांदा पहिरिने पोशाक नै वितरण गर्न पाउंदा खुसी लागेको भन्दै आगामी दिनमा अन्य क्षेत्र र स्थानमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले आवश्यकता परेका असाह्य लाई कुनैपनि बेला सहयोग गर्न आफुहरु तत्पर रहेको बताए ।

ट्रष्टले हस्तान्तरण साथै वार्षिक परिक्षामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश : १ हजार, ५ सय र २ सय रुपैयां पुरस्कार दिने समेत घोषणा गरेको छ । कार्यक्रम संस्थापक हेमलाल शर्माको सभापतित्व, वडा ३ की सदस्य गिता सापकोटाको प्रमुख आतिथ्यता, ट्रष्टका संरक्षक मिरा शर्मा र विद्यालयका प्राचार्य घनश्याम घिमिरेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन महासचिव रामचन्द्र पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ४३ बजे

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक