६ श्रावण २०८३, बुधबार | July 23, 2026

कांग्रेस १४ औं महाधिवेशन : उम्मेदवारका आ-आफ्नै शैली र नारा



काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन सत्र सुरु भएसँगै विभिन्न पदका आकांक्षीले छुट्टाछुट्टै नारासहितका प्रचार सामग्रीसहित आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् ।

विभिन्न पदका उम्मेदवारहरूको प्रचारशैली तथा नारा आ-आफ्नै किसिमका रहेका छन् । जसरी पनि नेतृत्वमा पुग्ने उनीहरूको चाहना र समर्थकको प्रचार गर्ने होडबाजी रहेको देखिन्छ ।

नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका नेताहरूले अन्तिम समयमा प्रचारलाई जोडतोडका साथ अघि बढाएका छन् । भृकुटीमण्डप आसपास क्षेत्र आकांक्षीका प्रचारप्रसार सामग्रीले भरिएको छ । सामाजिक सञ्जालमा समेत उनीहरूले प्रचारमा जोड दिएका छन् ।

कांग्रेसले नेतृत्व र नीतिको महाधिवेशन छुट्टाछुट्टै गर्ने भएका कारण नेतृत्वको दाबी गर्ने नेताले नारामार्फत आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवशेनको नारा ‘उत्साह, एकता र रूपान्तरण’ रहेको बताए । पार्टीले सार्वजनिक गरेको पोस्टरमा ‘उत्साह, एकता, रूपान्तरण सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ नारा रहेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः अध्यक्षमा दोहोरिन खोजेका छन् । संस्थापन समूहमै रहेका उपाध्यक्ष विमलेन्द्र निधिसमेत सभापतिको दौडमा रहेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत संस्थापन इतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुन खोजेका छन् ।

देउवा, निधि, पौडेललगायतका उम्मेदवार समूहगत रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । अध्यक्षका यी उम्मेदवारको समूहभित्र भने नेताहरूले विभिन्न पदमा दाबी गर्दै छुट्टाछुट्टै नारा तयार गरी प्रचारप्रसारमा जुटेका छन् ।

पार्टी सभापतिमा दोहोरिन खोजेका देउवाको नारा ‘बलियो कांग्रेस, समृद्ध देश सभापतिमा अब एकपटक शेरबहादुर देउवा नै वेश’ रहेको छ । गत आमचुनावमा नराम्रोसँग पराजित भएपछि देउवा नेतृत्वमा दल इतिहासमै सबैभन्दा कमजोर भएको भन्दै आलोचना हुँदै आएको छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : १८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क