४ पुस २०८२, शुक्रबार | December 20, 2025

सम्झौताको आठ महिनापछि ट्रमा सेन्टर निर्माण सुरू, २९ करोड लागतमा साढे दुई वर्षमा सक्ने लक्ष्य



बुटवल । सम्झौता भएको आठ महिनापछि बल्ल दाङमा ट्रमा सेन्टरको निर्माण सुरू भएको छ । दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारले आफ्नै नीति कार्यक्रम र बजेटमा समेत समावेश गर्दै आएको ट्रमा सेन्टर निर्माणले अब भने साकार रूप लिने देखिएको हो । लमही-४ स्थित लमही अस्पतालसँगै सटेको कृषि उपज संकलन तथा बिक्री केन्द्रले प्रयोग गर्दै आएको जग्गामा ट्रमा सेन्टरको निर्माण सुरू भएको हो ।

ट्रमा सेन्टर निर्माणका लागि लामा एण्डे गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि कपनसँग २४ चैत २०७७ मा सम्झौता भएको थियो । सम्झौताअनुसार ट्रमा सेन्टर निर्माणका लागि १९ करोड ४१ लाख ४१४ रुपैयाँमा ट्रमा सेन्टर निर्माण हुनेछ । तर, यसको लागत इस्टिमेट भने २९ करोड २३ लाख ७६ हजार ३७ रुपैयाँ छ ।

ट्रमा सेन्टर निर्माण सुरू भएसँगै लुम्बिनी प्रदेशसभाका सांसदहरूको टोलीले दाङ पुगेर स्थलगत अनुगमनसमेत गरेको छ । प्रदेश सांसद रेवतीरमण शर्माको नेतृत्वमा स्थलगत अनुगमनका लागि टोली शुक्रबार लमही पुगेको थियो । टोलीमा नेताहरू रतनकुमार केसी, ध्रुवनारायण चौधरी, पवन शर्मा रिजाल, जगनारायण चौधरी, निरज थापा लगायत सहभागी थिए ।

स्थलगत अनुगमनपछि सांसद शर्माले समयमै निर्माण सम्पन्न हुनेमा आफूहरू आशावादी रहेको बताए । ‘जग्गाको टुंगो लाग्नासाथ काम सुरू गर्नुपर्थ्यो, तर बिलम्व हुन गयो, यद्यपि काम समयमै सम्पन्न हुनेमा हामी आशावादी छौं,’ उनले भने । ट्रमा सेन्टर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी भएकाले निर्माण छिटो सकेर उपचार सेवा सुरू गर्नुपर्ने सांसद शर्माको भनाइ छ ।

यो ट्रमा सेन्टर लुम्बिनी प्रदेशको गौरवको आयोजना हो । यहाँ चारतलाको मुख्य भवन बन्ने छ भने चिकित्सकलाई बस्नको लागि आवास, चमेनागृहसहित शौचालय निर्माण हुने छ । जसमा आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्ष रहने छन् । साढे दुई वर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको