९ बैशाख २०८३, बुधबार | April 22, 2026

प्रचार महामन्त्रीको उम्मेदवारी केन्दीय सदस्यमा, यी हुन् आफ्नै घोषणामा टिक्न नसकेका नेता



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केही नेताले आफ्नो उम्मेदवारी महामन्त्री पदमा भन्दै महाधिवेशन उद्घाटन अघि देखि दाबी गर्दै आएका थिए । तर, अन्तिम समयमा भने उनीहरु महामन्त्रीबाट सहमहामन्त्रीमा होइन सिधै केन्द्रीय सदस्य पदमा झरे ।

खासगरी संस्थापन पक्षबाट महामन्त्रीमा धेरैको आकांक्षा थियो । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले महामन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गर्दै आएका थिए । त्यसैगरी अहिलेका सहमहामन्त्री प्रकाशशरण महतको पनि दाबी थियो । प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की पनि आकांक्षी थिए ।

सबै नेताले आफू महामन्त्रीको दाबेदार भन्दै प्रचार गरिरहेका थिए । प्रचार प्रसारमा एनपी साउद अग्रपंक्तिमा थिए । उनी सम्पर्क कार्यालय खोलेरै प्रचारमा लागेका थिए । तर, देउवा समूहबाट प्रकाशशरणले बाजी मारे । विश्वप्रकाशले देउवा प्यानलबाट ठाउँ नपाएपछि सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन्। अरु आकांक्षी भने अससन्तुष्ट हुँदै केन्द्रीय सदस्यमा झरेर चित्त बुझाउन बाध्य भएका छन् ।

अर्कोतिर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट गगन थापा, डा। मिनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीमा दाबी गरेका थिए । थापा र रिजालले सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट बाजी मारेका छन् । धनराज र चन्द्र उपसभापतिमा उक्लिएका छन् ।

कृष्ण सिटौला समूहबाट महामन्त्रीका दाबेदार प्रदीप पौडेल भने सबैलाई आश्चर्यमा पार्दै देउवा टिमको संयुक्त उम्मेदवार बनेका छन् । देउवा टिमका सिनियरलाई उछिन्दै प्रदीप संस्थापनको महामन्त्री बन्न सफल भएका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : १३ बजे

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा