३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

एनपीएलले पायो आईसीसीको आधिकारिक टी-२० मान्यता



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताले आईसीसीको मान्यता प्राप्त गरेको जानकारी दिएको हो ।

प्रतियोगिता सञ्चालन हुन १० दिन बाँकी रहँदा प्राप्त मान्यताले नेपाली घरेलु क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

आईसीसीको मान्यता प्राप्त भएसँगै एनपीएलका फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने विषयमा यसअघि रहेको सीमा हटेको छ । यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा चार खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति दिएको थियो । अब भने फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्दा संख्यात्मक सीमा व्यहोर्नुपर्ने छैन ।

क्यानले आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

एनपीएल नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । तेस्रो संस्करणले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर र विदेशी खेलाडीको सहभागितामा थप विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ७ : २३ बजे

शुक्र अस्तले दसैँका कर्म रोकिँदैनः पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै

एनपीएलले पायो आईसीसीको आधिकारिक टी-२० मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र