१ कार्तिक २०८३, शनिबार | October 17, 2026

कांग्रेसमा १३४ पदमा ५४८ उम्मेदवार, प्रथम नामावली प्रकाशित (सूचीसहित)



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ ।

जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महत रहेका छन् ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/12/Candidates-1st-namawali-2078.08.25-1.pdf-1.pdf” title=”Candidates-1st-namawali-2078.08.25.pdf”]

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ५६ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी