४ पुस २०८२, शुक्रबार | December 19, 2025

निर्वाचनसम्म देउवा सरकार आवश्यक : सिटौला



काठमाडौं । नेपाली कांग्रेस नेता कृष्ण सिटौलाले आगामी निर्वाचनसम्म शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार रहनुपर्ने बताएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका देउवा पक्षीय प्रतिनिधि र नेताहरूलाई आइतबार सम्बोधन गर्दै उनले देउवा नेतृत्वको सरकार आगामी निर्वाचनसम्म रहनुपर्ने बताएका हुन् ।

वर्तमान सरकारले गराउने निर्वाचनले सहि परिणाम ल्याउने भन्दै उनले भने, ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष धाधलीसहित, त्राससरहित जनताले आफ्नो मत अभिव्यक्त गर्ने सिलसिलामा परिणाम सही किसिमले आउँछ भन्ने मलाई विश्वास छ ।’

वामपन्थी नेतृत्वको सरकारले गराएको निर्वाचनको परिणाम भोगिसकेको भन्दै सिटौले भने, ‘एकपटक मात्र वामपन्थी गृहमन्त्री बन्दा २०५४ सालको निर्वाचनमा हामी के भोग्नुपर्‍यो रु साच्चै कम्युनिस्ट पार्टीको नेता प्रधानमन्त्री भएको बेला यो देशको निर्वाचन कस्तो होला रु जसरी ओलीजीले संसद, अदालत, राज्यका अंग, प्रहरी प्रशासन आफ्नो सेवक बनाउनुभयो त्यो हिसाबले निर्वाचन कब्जा हुन्थ्यो । त्यसकारण यो सरकार निर्वाचनसम्म रहनुपर्छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ५ : ४७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको