१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

अल्लो र ढाकाबाट बनेका कपडासहित सामग्री विदेश निर्यात गर्ने नेपाली दम्पती



मोरङ । मोरङको सुन्दर हरैचास्थित विराट चोकका एक दम्पतीलाई भात खाने फुर्सदसमेत छैन । सीता अठपरिया र अशोक कुलुङ राईलाई रातमा सुत्ने फुर्सदसमेत यति बेला छैन । विगत ९ वर्षदेखि अल्लोसँगै ढाकाको कपडा उत्पादन गर्दै आएका उनीहरूको उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पनि जाने गरेको छ ।

अल्लो र ढाकाबाट निर्मित कपडाको माग स्थानीय बजारदेखि विदेशबाट समेत आउन थालेपछि उनीहरूलाई व्यस्त बन्ने गरेका छन् । उनीहरू अल्लो र ढाकाका कपडाबाट कोट, ढाकाको साडी सल, मफलर, आउटर, पञ्चु, कुर्ता, ब्याग, पर्स, झोला, चप्पल लगायतका सामग्री उत्पादन गर्दै आएका छन् ।

परम्परागत काठको तानमा हातले बुनिने अल्लो कपडाको माग स्वदेश र विदेशमा पनि बढ्न थालेपछि अहिले अल्लोको कपडा उत्पादन गर्ने उद्यमी दम्पतीलाई भ्याइनभ्याइ छ ।

पूर्वी पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभामा उत्पादित अल्लोको कच्चा पदार्थ ल्याएर दम्पतीले आफैँ नै उद्योगमा घरेलु तानमा अल्लो र ढाकाका कपडाबाट कोट, ढाकाको साडी सल, मफलर, आउटर, पञ्चु, कुर्ता, ब्याग, पर्स, झोला, चप्पललगायतका सामग्री उत्पादन गर्दै आएका छन् ।

 

लुमा घरेलु अल्लो कपडा उद्योगमा उत्पादित अल्लो र ढाकाबाट निर्माण कपडाका सामग्री नेपाली बजारदेखि हङकङ जर्मन, थाइल्यान्ड, र चीनसम्म पुग्ने गरेको छ । परम्परागत रूपमा उत्पादन हुने अल्लोको कपडाले अहिले बिस्तारै राम्रो बजार पाउन थालेको छ ।

परम्परागत अल्लोबाट बन्ने कपडाको महत्त्व, फाइदा र यसको संस्कृतिसमेत नबुझ्दा ओझेलमा पर्ने गरेको अल्लाको कपडाले अहिले विभिन्न महोत्सवमा समेत निकै बजार पाउन थालेको छ । पछिल्लो समय उनीहरूको उत्पादन बजारको कुनै अभाव छैन ।

यो दम्पतीले मासिक पाँच लाखसम्मको कारोबार गर्न थालेका छन् । उनीहरूले आठवटा तान र पाँचवटा सिलाई मेसिनको प्रयोग गरेर कपडा उत्पादन गर्दै आएका छन् । उनीहरूले १६ जनालाई रोजगारीसमेत दिएका छन् । पहाडी तथा हिमाली जिल्लामा मात्रै परिचित अल्लोको कपडा तराईका जिल्लामा आएर व्यापार सुरु गर्दा धेरै समस्या भोग्नु परेको सीता अठपरिया बताउँछिन् । ‘सुरु सुरुमा यो जुम्रिया कपडा भन्थे,’ सीताले भनिन्, ‘अहिले यसको माग धान्न गारो भएको छ । पहिला उत्पादन मात्रै गर्थ्यौँ, पछि सिलाइबुनाइ पनि गर्न थाल्यौँ ।’

अशोक भन्छन्, ‘छोरा मान्छेले सिलाइबुनाइ गर्नु हुँदैन भनेर कसैले सिकाएनन्, भारतसम्म जाँदा पनि सिक्न नपाएपछि आफैँले मेहनत गरेर सिके ।’ उनले आफै कपडाको डिजाइनसमेत निकाल्ने गरेका छन् । विवाह व्रतबन्धको समयमा ता तीन घण्टा मात्र सुत्ने गरेको उनले सुनाए ।

 

हाते तानमा अल्लोका रुमाल, कुर्ता-सुरुवाल, साडी, चोली, मजेत्रो कोट टोपी, पर्स, ब्याग, थैली, जुत्ता लगायत एक दर्जन भन्दा धरै प्रकारका समाग्रिहरु उनीहरूले उत्पादन गर्ने गरेका छन् । स्थानीय सीप र कच्चा पदार्थ प्रयोगबाट उत्पादित अल्लो कपडाको माग तेस्रो मुलुकबाट आएपछि दम्पती झनै उत्साहित भएका छन् । उनीहरू आफ्नो उत्पादनलाई ब्रान्ड गर्ने तयारी समेत थालेका छन् ।

उनीहरूले १० लाख रुपैयाँ सुरु गरेको ब्याबसाय ७० लाख रुपैयाँ पुगेको छ । महोत्सव तथा मेलाहरूमा धेरैको रोजाई पर्ने गरेको अल्लोको माग चीनमा बढी भए पनि पठाउन नसकिएको अशोक बताउँछन् । चिना एउटा कार्यक्रममा जाने अवसर पाए पनि कोरोनाका कारण जान नसकिएको उनले बताए ।

आधुनिक खालका उपकरणहरू नहुँदा उत्पादनमा भने समस्या भएको उनीहरू बत्ताउँछन् । आधुनिक उपकरण नुहुँदा श्रमिकलाई सोचे जस्तो ज्याला दिन नसकिएको सीता बताउँछिन् । सीता भन्छिन्, ‘हाम्रो उद्योगमा १० हजारदेखि मासिक ७५ हजारसम्म कमाउने गरेका छन् ।’ वैदेशिक रोजगारीमा जाने युवा हरुकालागि उनीहरू प्रेरणाको स्रोत बनेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : ३६ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ