१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

कांग्रेस १४ औँ महाधिवेशन : सभापतिको मतगणना बिहान पौने ४ बजेदेखि शुरू



बुटवल । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनको मतगणना ढिलो गरी शुरू भएको छ ।

मंगलवार बिहान २ बजेदेखि शुरू गर्ने भनिएपनि मतगणना बिहान पौने ४ बजेमात्रै शुरू भएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको मतदान करिब १२ घण्टापछि ११:४५ मा सकिएको थियो ।

बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान ३ घण्टा ढिला गरी शुरू भएको थियो । मतपत्र अभावमा बीचमा पनि मतदान प्रभावित भएको थियो ।

कांग्रेस निर्वाचन समितिका अनुसार ४ हजार ६ सय ७९ मत खसेका छ । ४ हजार ७ सय ४३ मतदाता रहेकोमा ६४ जनाले मतदान गरेका छैनन् ।

सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रतिस्पर्धा गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ४ : ४३ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ