४ पुस २०८२, शुक्रबार | December 20, 2025

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बीमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

प्राधिकरण लहान वितरण केन्द्र सिराहाको मिटररिडर र हेल्पर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र सत्यनारायण साहको बीमाबापतको रकम बिनाजानकारी उनीहरूलाई झुक्याएर, निकासा भुक्तानी भौचरमा दस्तखत गराई आफ्नो खातामा गुप्ताले जम्मा गराएका थिए ।

उनले ठाकुरको नामको ८ लाख सात हजार ३ सय ६० रुपैयाँ र साहको १ लाख २४ हजार २ सय रुपैयाँ आफ्नो खातामा जम्मा गराएका थिए । त्यस्तै, सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको साबिक नमुना गाउँविकास समिति गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले यादवसँग १२ लाख ८६ हजार ८ सय बिगो कायम गर्नसमेत माग गरेको छ । सामाजिक सुरक्षा भत्तालगायत गाविसको विभिन्न शीर्षकको रकम हिनामिना गरेको उजुरीका आधारमा यादवमाथि आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको