६ श्रावण २०८३, बुधबार | July 22, 2026

रेनोल्टले ल्यायो पाँच दिने एक्सचेञ्ज अफर



बुटवल । नेपाली बजारमा अग्रथानको दाबी गरेको रेनोल्ट कम्पनीले बुटवलमा पनि एक्सचेञ्ज अफर शुरु गरेको छ।
रेनोल्टको बुटवल क्षेत्रको आधिकारीक विक्रेता जुपिटर ह्विल्स प्रालिले कालिकानगरस्थित शोरुममा पाँच दिने एक्सचेन्ज अफर शुरु गरेको हो। बुधबार पत्रकार सम्मेलन मार्फत प्रालिका संचालक दिपक श्रेष्ठ मंसिर २९ गतेबाट पाँच दिन एक्सचेन्ज अफर शुरु भएको जानकारी दिए । अफर सँगै स्पोट एक्सचेञ्ज, विशेष नगद छुट, गिफ्ट हेम्पर, फ्रि चेकअप, फ्रि वास, फुड स्टलको साथमा मनोरन्जनको समेत ब्यवस्था गरिएको उनले बताए।

प्रालिका प्रवन्धक कृष्ण खड्काले बिक्रिपछिको सर्भिस र स्पेयर पार्टको समेत सुविधालाई प्राथमिकता दिइएको जानकारी दिए। बुटछवलको शोरुमबाट मात्र प्रत्येक वर्ष बजारमा १ सय बढि कार बिक्रि हुँदै आएको उनले दाबी गरे। रेनोल्टका क्विड, काईगर, ट्राईवर, डष्टर गरि विभिन्न अप्सनका सिटि राईडसंग अफरोड चारपाग्रे सवारीहरु उपलब्ध भएका छन।

एडभान्स अटोमोबाईल्सका महा प्रबन्धक अधिर कु श्रेष्ठले रेनोल्टबारे उपभोक्ता प्रमोशन गर्ने लक्ष्यसहित ईभेन्ट चलाईएको बताए। क्विड र ट्राईवड लाई मुख्य ध्यान दिएर ईभेन्ट चलाईएको उनले बताए। यसवर्ष नारायणघाटमा ईभेन्ट सकेर बुटवल, भैरहवा र पोखरामा गरि ४ स्थानमा गर्ने तयारी भएको उनले बताए। शुरुवातबाट नै थ्रि एस सुविधालाई ध्यान दिदा उपभोक्तामाझ लोकप्रिय रहेको उनको भनाई छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रालिका संचालक दिनेश श्रेष्ठले बजारमा भित्राउदा नया ब्राण्डका रुपमा स्थापित गर्न सफलता मिलेको बताए बताए।

कार्यक्रममा एडभान्स अटोमोबाईलका सेल्स नेटवर्क प्रमुख विपुल भट्टराई, मार्केटिङ अफिसर निशान्त अधिकारी, रिजनल अफिसर तुफान शाहीले देशभर नै सेवालाई विशेष ध्यान दिइएको बताए।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : ५४ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको