२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुनिता र प्रतापको ‘मायाको डोरी’ सार्वजनिक



गायिका सुनिता दुलाल र गायक प्रताप दासको स्वरमा सजिएको ‘मायाको डोरी’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतको भिडियो सुनिता दुलाल युट्युब च्यानलमार्फत बजारमा आएको हो ।

गीतमा बबिता बानियाँ जेरीको शब्द तथा संगीत रहेको छ । कमल सौरागले संगीत संयोजन गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

भिडियोमा अभिनेता पल शाह, अभिनेत्री केकी अधिकारी, मोडल अन्जना रसाइली, भोजराज शर्मा, निमा ल्हामु शेर्पा लगायतलाई देख्न सकिन्छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ । भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् ।

यो गीतलाई राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको हो । यसअघि सुनिता र प्रतापले गाएको बाँसको कप्टेरो बोलको गीतले सर्वाधिक चर्चा पायो । यो सँगै सुनिताको ‘मुखैमा चिनी’, ‘चुरा टीका लाली’, ‘झम्के फुली’, ‘माया वास्तै नगर्नी’, ‘यसपाली नि दर खाने’ लगायतका गीत हिटको सूचीमा छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ६ : ०९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय