१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

कांग्रेस उपसभापतिमा पूर्ण खड्का र धनराज गुरुङ निर्वाचित, झिनो मतले चुके गच्छदार



काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् ।

उपसभापतिका लागि भएको निर्वाचनमा खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २र३ मत अन्तरले जितेका हुन् । खड्का २१२१ र गुरुङले १९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य हुन् ।

गुरुङसँग उपसभापतिका अर्का प्रत्यासी विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे । सभापति देउवा ‘प्यानल’ कै उनले १९०६ मत प्राप्त गरे ।

चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए । भण्डारीले १५८०, कोइरालाले ६४४, आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेको समितिले जनाएको छ ।

कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई आज बिहान १ बजे सम्पन्न भएको थियो । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो ।

सोमबारको मतदानमा ४७४३ मतदातामध्ये ४६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पुनः सभापतिमा निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ०३ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ