२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

‘मिसेस नेपाल वर्ल्ड–२०२१’को भोटिङ खुला, उपाधिका लागि रुपन्देहीकी उर्मिला पनि भिडन्तमा



बुटवल । विवाहित महिलाहरुका लागि आयोजना हुँदै आएको ‘मिसेस नेपाल वर्ल्ड –२०२१’ को लागि भोटिङ खुला गरिएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वर्ल्ड–२०२१’को लागि भोटिङ पौष १७ गते मध्याह्न १२ बजेसम्म खुला रहने आयोजकले जनाएको छ ।

मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धाका लागि २४ जना महिलाबीच भिडन्त हुने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुन लागेको यो प्रतिस्पर्धामा रुपन्देहीको भैरहवास्थित लिटल बुद्ध इन्टरनेश्नल मन्टेश्वरी स्कूल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रधानाध्यापक उर्मिला उप्रेती शिलवालले समेत प्रतिस्पर्धा गर्दैछिन् । विगत १० वर्षदेखि लिटल बुद्ध इन्टरनेश्नल मन्टेश्वरी स्कूल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रधानाध्यापकको रुपमा कार्यरत उर्मिला उप्रेती शिलवाल मन्टेश्वरी एसोसिएसनको उपसभापति समेत हुन् ।

उनी रोट्री क्लब अफ सेन्ट्रल लुम्बिनीकी उपसभापति, डोमेस्टिक वर्कर युनाइट नामक गैर सरकारी संस्थाका लागि नेपालकी संयोजकको रुपमा समेत कार्यरत छिन् । उनी २०७२ मा रुपन्देहीको सिद्धार्थनगरस्थित हेभनली गार्डेन किट्स क्याम्पसले आयोजना गरेको ‘ममी डान्स आइडल’ कार्यक्रमको भियोर्स च्वाइस अवार्ड विजेता समेत बनेकी थिईन् ।

प्रतियोगितामा उर्मिला उप्रेती शिलवालस“गै, उषा रजक, सुजाता अर्याल, रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानीया“, जयन्ती राई, विनिता कुइ“केल सहभागी छन् । यस्तै, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सुष्टिका दोङ्ग, सोनु मगर ढुंगेल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सिर्जना सुवेदी, निरञ्जना भेटवाल, समीक्षा कार्की र माला सुनारबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।

रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाइज प्राप्त गरेस“गै मिसेस नेपाल वल्र्डका रुपमा हुने प्रतियोगिता अब वाईवाई मिसेस नेपाल वल्र्डका नाममा हुने भएको छ । ‘मिसेस नेपाल वल्र्डस“गै’ सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनल’को उपाधि विजेता पनि चयन गरिनेछ । प्रतियोगिताको विजेताले सन् २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछिन् ।

मिसेस नेपाल इन्टरनेसनलको पाँचौं संस्करण सन् २०१९ मा सम्पन्न भएपनि कोभिड–१९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १० : १६ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार