१ पुस २०८२, मंगलबार | December 16, 2025

कारबाहीमा परेका ज्ञानेन्द्र मल्लले भने : वर्गीकरणलाई सच्याएर संवाद आवश्यक



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफूहरुमाथि गरेको कारबाही र वर्गीकरणलाई सच्याउन माग गरेका छन् । उनले अहिले संवादको आवश्यकता रहेको बताए ।

डिभिजन ५ देखि नै आफूहरुले खेल्दै आएको र यसले गर्वको महसुस भएको उनले बताए ।

शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गर्दै मल्लले टिमभित्र आफूले कुनै गुट नबनाएको दाबी गरे । खेलाडीहरुलाई दवाव र प्रभावमा पारेर क्यानविरुद्ध हस्ताक्षर गराएको आरोपलाई उनले अस्वीकार गरे ।

क्यानको मंसिर २९ गतेको बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । मल्ललाई हटाएर कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ ।

‘नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितिमा आयो, हामी खेलाडीले कस्तो कठिन अवस्थामा पनि क्रिकेट खेलिरह्यौं भन्ने सबैलाई थाहा भएकै कुरा हो,’ उनले भने, ‘खेलाडीको एउटै लक्ष्य हुन्थ्यौं, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीलाई खुसी पार्ने । म टोलीको नेता र कप्तान भएपछि हामीले गुट बनाउने होइन। अरुले के गरेका छन् त्यो मलाई जानकारी छैन ।’

वर्गीकरणमा पुनर्विचार गरे आफूहरु संवादका लागि तयार रहेको उनको भनाइ थियो । ‘वर्गीकरणमा पुर्नविचार गरेमा हामी संवाद गर्न तयार छौं,’ उनले भने, ‘हामीले क्यानका कार्यवाहक सचिवदेखि अन्य पदाधिकारीसँग छलफल गरेका छौं । क्रिकेटलाई अघि बढाउने हो भने छिटोभन्दा छिटो संवादमा बोलाएर छलफल गरोस् भन्ने हाम्रो चाहाना हो ।’

उनले वर्गीकरणबारे आफूलाई मौखिक जानकारी भए पनि लिखित रुपमा कसैले केही नभनेको जिकिर गरेका छन् । ‘हामीसँग सम्झौता गर्दा मौखिक रुपमा बुझाइएको थियो,’ उनले भने, ‘लिखित रुपमा हामीलाई कुनै जानकारी छैन । हामीहरुले गलत गरेको भए माफी माग्न तयार छौं ।’

क्यानमा देखिएको विवादबारे प्रधानमन्त्री शेरबहादुर देउवाले चासो राख्नु सकारात्मक रहेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीदेखि अन्यको फोनलाई सकारात्मक रुपमा लिनुपर्छ । क्रिकेटमा चासो दिनुहुने रहेछ भनेर बुझौं,’ मल्लले भने ।

क्यानको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत चासो राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान र खेलाडीको विवादमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री देउवाले शुक्रबार क्यानका अध्यक्षलाई फोन गरेर विवाद समाधान गर्न निर्देशन दिएका थिए ।

क्यानले निर्णयमा पुनर्विचार नगरे के गर्नुहुन्छ रु भन्ने प्रश्नमा मल्लले यसबारे आफूहरुले अहिले सोचिनसकेकोले त्यही बेला सोच्ने बताए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ३२ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा