८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेशमा छिट्टै अपाङ्गता ऐन बन्छः कानुन महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री घर्ती



बुटवल । लुम्बिनी प्रदेशका कानुन महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री रमा घर्तीमगरले प्रदेशले छुट्टै अपाङ्गता सम्बन्धी ऐन ल्याउने तयारी गरेको बताएकी छिन् ।

आफु मन्त्री भएर आएपछि प्रदेश सरकारले छिट्टै अपाङ्गता सम्बन्धीऐन ल्याएर अपाङ्गताको समस्या समाधान गर्न लागिएको बताएकी हुन ।
उनले अपाङ्गता भएका व्याक्तिहरुको लागि सरकार सधैभ सकारात्मक भएको भन्दै यसको लागि छुट्टै ऐनमा नै व्यवस्थपन गरेर समस्या संवोधन गर्न लागिएको बताएकी हुन ।

फाउन्ड परियोजनाको आयोजानमा बुटवलमा आयोजना गरिएको बार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घर्तीले अपाङ्गताको विषयमा सरकारले जहिले पनि सकारात्मक रहेको बताएकी हुन ।

कार्यक्रममा रोजगारविहिन अपाङ्गता भएका व्याक्तिहरुको लागि उर्जाशिल अवसर(फाउन्ड) परियोजनाका बुटवल कलष्टर रमेश पोखरेललले कार्यपत्र प्रस्तुत गर्दै उनले रोजगार प्रर्वद्धनको लागि सरकारको भुमिका, सरोकारवाला निकायको भुमिका सहितको अवसराको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमादेवी काफ्ले, बुटवल उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष उज्जवल प्रसाद कसजु, फाउन्ड परियोजना बुटवल कलष्टर मेनेजर राम दयाल यादव लगायतले आ आफ्नो भनाई राखेका थिए ।

द ल्याप्रोसी मिसन नेपाल, उद्योग बाणिज्य संघ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहयोगमा सञ्चालित फाउन्ड परियोजना नेपालका ५ जिल्लामा सञ्चालित रहेको छ । बुटवल कलष्टर अन्र्तगत रुपन्देही र कपिलवस्तु जिल्लामा कार्यक्रम सञ्चालन भएको फाउन्ड परियोजनाका राधा भट्राईले जनाकारी दिइन ।

उनका अनुसार सन् २०१९ देखि २०२३ सम्म कार्यक्रम जारी रहनेछ । हाल सम्म परियोजनामाले २ हजार २३ जना अपाङ्गता भएका व्याक्तिहरुको विचमा काम गरेको छ । जसमा ५ सय ३७ जनालाई रोष्टर गरिएको छ भने १ सय १ जनाले व्यवसायीक तालिम लिएका छन् । जसमा ५७ जनाले रोजगारी समेत पाईसकेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : २२ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको