२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याइएको बताएका छन् ।

लेखक डा दीपेन्द्र रोकाय र मोहनदास मानन्धरको ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक आज विमोचन गर्दै उनले विभेदमा पारिएका वर्ग र क्षेत्रलाई समृद्धिको नयाँ यात्रामा लैजान आफू प्रधानमन्त्री हुँदा कर्णाली क्षेत्रमा पूर्वाधारको सुरुआत गरेको बताए ।

“पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग तथा उत्तरदक्षिण कोरिडोर निर्माणले नेपाललाई थप एकताबद्ध बनाएको छ, अब कर्णालीका स्याउ बाहिरी जिल्लामा पुर्‍याउन र तराईका अन्नबाली कर्णाली पुर्‍याउन अप्ठयारो छैन”, उनले भने, “रणनीतिक सोचको नेतृत्व नभएको भए यो विकास हुन सक्दैनथ्यो ।”

‘जसले गणतन्त्र, संघीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाएको भए त अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो। दिइएको छैन,’ प्रचण्डले थपे, ‘तपाईंहरू राम्रोसँग हेर्नुहोला, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरियो।’

त्यसपछि आएको सरकारले काम गर्न नसकेको उनको जिकिर थियो। आफूले भन्दाभन्दै पनि सरकारले गति लिन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको काम गराईलाई उनले हिन्दी जासुसी फिल्मसँग तुलना गरे। बालेन सरकारले हुँदै नभएका कामलाई देखाएको उनले बताए।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको समृद्धिका लागि १० हजार ८०० मेगावाटको कर्णाली–चिसापानी आयोजना, तिला–१ र तिला–२ आयोजना अघि बढाउन पहल गरिएको पनि जानकारी दिए । त्यस्तै हिल्सा–सुर्खेत सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको उनले स्मरण गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ८ : २० बजे

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन