१३ असार २०८३, शनिबार | June 27, 2026

ए डिभिजन लिग : मनाङ र पुलिसबीच प्रतिश्पर्धा



पोखरा । सहिद स्मारक राष्ट्रिय ‘ए’ डिभिजन लिग पहिलो पटक काठमाडौं बाहिर निस्किएको छ । यो सिजनको लिगअन्तर्गत केही खेलहरू पोखरा ल्याइएको हो । मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई घरेलु मैदान मानेको छ ।

घरेलु मैदानमा मनाङले आज नेपाल पुलिस क्लबसँग प्रतिश्पर्धा हुनेछ । यसै वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालालाई मनाङको होम ग्राउन्ड स्वीकृति दिएको हो ।

दुवै टिमका लागि पोखरा रंगशाला नौलो होइन । आहा रारा गोल्डकपमा यी दुई टिम धेरै पटक आमनेसामने भएका छन् । आठ पटकको प्रतिश्पर्धामा धेरै पटक पुलिसले जितेको छ । चार पटकको फाईनल भिडन्तमा भने पुलिसलाई मनाङले तीन पटक पराजित गरेको छ । दुवै टिमले यही रंगशालामा ६-६ पटक आहा राराको उपाधि जितेका छन् ।

राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङका लागि यो शनिबारको खेल निकै महत्वपूर्ण हुनेछ । किनकी घरेलु मैदानको स्वकृति पाएपछि यही खेल पहिलो हो, उसका लागि । प्रशिक्षक तामाङ ३ अंकका लागि आफूहरुले प्रतिश्पर्धा गर्ने बताउँछन् । ‘पहिलै खेलबाट ३ अंक जोड्छौं । हामी जित्नका लागि खेल्दैछौं,’ उनले भने, ‘तर पोखरा रंगशाला हाम्रा लागि भन्दा पुलिसका लागि सफल छ । नकआउट र लिग फरक हो । हामी जित्छौं, यसपालि ।’

पुलिसका प्रशिक्षक अनन्त थापा पनि जित्नकै लागि पोखरा आएको बताउँछन् । ‘यो खेल जति मनाङको लागि महत्वपूर्ण छ, उति हाम्रा लागि पनि अत्यावश्यक छ । जित्नकै लागि हामी प्रतिश्पर्धा गर्छौं,’ उनले भने, ‘मनाङसँगको खेल सजिलो छैन । तै पनि राम्रो नतिजा निकाल्छौं ।’ मनाङलाई घरेलु मैदानको फाईदा रहेको उनले बताए ।

मनाङ तीन विदेशी खेलाडीसहित पुलिसविरुद्धको प्रतिश्पर्धामा होमिएको छ । अहिले मनाङ १० अंकसहित दोस्रो स्थानमा छ । लिग तालिकाको शीर्षस्थानमा उक्लन मनाङलाई शनिबारको खेल जित्नै पर्ने दबाब छ । शुक्रबारको खेलमा संकटाले मच्छिन्द्रलाई बराबरीमा रोकेपछि मनाङले पुलिसलाई हराउँदै शीर्षमा उक्लने मौका पाएको हो । मनाङले यसपछि पुस १७ र २४ पुस पनि खेल्नेछ । मनाङ र पुलिसबीचको खेल हेर्न एक सय र तीन सयको टिकट शल्क तोकिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ५७ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट