१३ असार २०८३, शनिबार | June 27, 2026

प्रथम ज्ञानगंगा रनिङ शिल्ड व्याडमिन्टन प्रतियोगिताको उपाधी दिपलाइ



तिलोत्तमा । प्रथम ज्ञानगंगा रनिङ शिल्ड जिल्ला स्तरीय छात्र ब्याडमिन्टन प्रतियोगिताको उपाधी दिप बोर्डिङ स्कुल बुटवलले जितेको छ । शुक्रवार सम्पन्न खेलमा एभरेस्ट बोर्डिङलाई पराजित गर्दै दिपले उपाधी जितेको हो । उपाधिसगै दिपले नगद ८ हजार सहित, रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता बनेको एभरेस्ट बोर्डिङ स्कुलले नगद ४ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा न्यु होराइजन स्कुल र ज्ञानगंगा पाठशाला तेस्रो स्थान हात पारे । न्यु होराइजन र ज्ञानगंगाले समान नगद २ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

ज्ञानगंगा पाठशाला तिलोत्तमा ४ ड्राइभरटोलले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ज्ञानगंगाका विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

ज्ञानगंगा पाठशाला विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता, विद्यालयका प्राचार्य चन्द्र अधिकारीले स्वागत र बाबुराम गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तिलोत्तमा नगर शिक्षा समितिका अध्यक्ष गंगाराम आचार्य र तिलोत्तमा प्यावसनका अध्यक्ष के.एन. सागर ज्ञवालिले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतियोगिताका बिजयिहरुलाइ तिलोत्तमा नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ, विद्यालयका सन्चालक ज्ञान प्रसाद ज्ञवाली, बिधालयका म्यानेजिङ डिरेक्टर युवराज न्यौपाने, प्राचार्य चन्द्र अधिकारी, सह प्राचार्य केशव राज पन्त लगायतले पुरस्कार प्रदान गर्नु भएको खेल सम्योजक मिलन रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ३२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट