२० मंसिर २०८२, शनिबार | December 6, 2025

कांग्रेस सिद्धार्थनगर नगर उपसभापति प्रहरी नियन्त्रणमा, अभियोगबारे प्रश्न गर्दा मोबाईल काट्छन् डीएसपी पौडेल



बुटवल । सर्वसाधारण पक्राउ गर्दा अभियोग पुष्टी नहुँदै विज्ञप्ति पठाउने रुपन्देही प्रहरीले पहुँचवाला नागरिक पक्राउ गर्दा भने अभियोगबारे जानकारी माग्दा फोन काट्ने गरेको छ । प्रहरीले पक्राउ गरेको नेपाली काँग्रेसका सिद्धार्थनगर नगर कार्यसमितिका उपसभापति एवम् वडा नम्बर-७ का वडा सदस्य किरण घिमिरेको पक्राउका कारणबारे सूचना माग्दा सूचना दिन अस्विकार गरेको हो ।

बिहिबार राती उपसभापति घिमिरेलाई घरबाटै पक्राउ गरेपनि प्रहरीले आईतबार सम्म पक्राउ गरेको सूचना लुकाएर राखेको थियो । स्रोतहरुबाट घिमिरे पक्राउ परेको सूचनाका आधारमा प्रहरीसँग जानकारी माग्दा रुपन्देही प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले कुरा गर्दागर्दै मोबाईल काटेका छन् । पक्राउ गरेको स्विकार गरेपनि उनीमाथिको आरोपका बारेमा प्रश्न गरे लगत्तै डीएसपी पौडेलले मोबाईल काटेका हुन् ।

खबरकुराको अभियोगका सम्बन्धका प्रश्नमा पक्राउ गरेर अनुसन्धान हुँदै गरेको बताएर डीएसपी पौडेलले एकतर्फी मोबाईल काटेका हुन् । जबर्जस्ती करणीका आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतहरुले दाबी गरेपनि प्रहरीले सूचना लुकाएर घटनालाई कमजोर बनाउने प्रयासमा लागेको स्थानीयको आरोप छ ।

पक्राउ परेका घिमिरे सत्तारुढ काँग्रेसका कार्यकर्ता र त्यसमा पनि गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले सूचना लुकाएर मुद्दालाई कमजोर बनाउन खोजेको बताइएको छ ।

समान्य घटनाहरुका विषयमा वा राजनीतिक पद धारण नगरेको व्यक्तिहरु संलग्न भएको घटनाका विषयमा अभियोग प्रमाणित नहुँदै फोटो सहित सूचना पठाउने गरेको रुपन्देही प्रहरीले घिमिरे प्रकरणमा सूचना लुकाउन खोज्नु र मोबाईल काट्नुले घटना साम्य पार्ने षडयन्त्रमा लागेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : २५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले