४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले अध्यक्ष ओली सोमबार साँझ बुटवल पुगे, मंगलबार कपिलवस्तुमा जसपा नेता कार्यकर्तालाई ओलीले एमाले भित्राउँदै



बुटवल । कपिलवस्तुमा जनता समाजवादी पार्टीको नेताहरुलाई नेकपा एमाले प्रवेश गराउन जाने क्रममा सोमबार साँझ एमाले अध्यक्ष केपी ओली बुटवल पुगेका छन् । सोमबार राती ८ बजे भैरहवा स्थित बिमानस्थलमा अवतरण गरेका अध्यक्ष ओली तिलोत्तामाको मणिग्राम स्थित ड्रिमल्याण्ड गाल्ड रिसोर्टमा बास बसेका छन् ।

मंगलबार दिउँसो कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित जसपा र अन्य पार्टीका नेताहरुलाई एमाले प्रवेश गराउने क्रममा कसपलव्स्तु पुग्ने क्रममा ओली बुटवल पुगेका हुन् । पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार थिए । जिल्लामा निकै लोकप्रिय मानिएका गुप्ता सहित उनका सहकर्मीहरुको एमाले प्रवेशले कपिलवस्तुमा एमालेको संगठन थप बलियो हुने एकाले नेताहरुले अपेक्षा गरेका छन् ।

मौसमका कारण बिमान उड्ने अनिश्चित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष ओली पार्टी प्रवेश कार्यक्रमको अभिल्लो दिन नै बुटवल पुगेका एमालेले जनाएको छ ।

गत मंसिर १ गते बाँकेको नेपालगन्जमा हृदयश त्रिपाठी निकट रहेर राजनीति गरिरहेका नेता पशुपति दयाल मिश्रसहितका सयौं कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए । उनीहरुलाई एमाले प्रवेश गराउन पनि ओली नेपालगन्ज पुगेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको