६ बैशाख २०८१, बिहिबार | April 18, 2024

चर्चित मोडल पुनम पाण्डे पतिबाट अलग



मुम्बई । बलिउड अभिनेत्री एवं मोडल पुनम पाण्डे पति सेम बाम्बेबाट अलग भएकी छन् । वैवाहिक सम्बन्ध सोचे जस्तो नभएपछि उनले पति सेमलाई छाडेकी हुन् ।

पुनमले आगामी केही वर्षसम्म कोहीसँग पनि डेट नगर्ने खुलाएकी छन् । यद्यपि आफ्नो हुनेवाला दुलाहा कस्तो हुनुपर्छ भनेर उनले सर्त राखेकी छन् ।

‘म अहिले जुन पीडाबाट गुज्रिरहेको छु, त्यसबाट विस्तारै माथि उठ्दैछु । म पहिलेजस्तै सेक्सी देखिने प्रयासमा छु’, उनले भनेकी छन् । उनले आफूसँगै सम्बन्धमा रहेको दाबी गरेका छन् । उनले आफूसँग सम्बन्धमा रहनु आनन्ददायक रहेकाले आगामी पाँच वर्षसम्म एकल जीवन बिताउने उल्लेख गरेकी छन् ।

उनले तनाव कम गर्न थेरापिस्टसँग नियमित सम्पर्कमा रहेकाले विस्तारै ठीक हुँदै गएको जनाएकी छन् । अभिनेत्री कैटरिना कैफबाट प्रभावित पुनमले अभिनेता बिक्की कौशल जस्तो दुलाहा मिलेमा विवाह गर्ने बताएकी छन् ।

सेमसँग विवाह गरेपछि पुनमले सेममाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यो मामिलामा प्रहरीले सेमलाई पक्राउसमेत गरेको थियो । प्रहरीका अनुसार सेमले पुनममाथि कुटपिट गरेपछि उनको शरीरमा चोटपटक देखिएको थियो । जसकारण उनी अस्पतालमा भर्ना नै भएकी थिइन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : २३ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी