२० माघ २०८२, मंगलबार | February 3, 2026

साढे १७ हजार शिक्षक दरवन्दी खुल्ला गर्ने तयारीमा छौं : शिक्षामन्त्री पौडेल



काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुल्ला गर्ने तयारीमा रहेको बताएका हुन् ।
मन्त्री पौडेलले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पुरा गर्ने गरी विज्ञापन खुल्ला गरिने बताए । पौडेलले ५ वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियम अनुसार बढुवा गर्ने तयारीमा रहेको जनाए । उनले शिक्षक सेवा नियमावली मन्त्रीपरिषद्बाट पारित भइसकेको जानकारी दिए ।

मन्त्री पोडेलले सरकारले शिक्षक अस्पताल बनाउने योजना पनि अगाडि बढाएको जानकारी दिए ।

मन्त्री पौडेलले बैंठकमा सांसद्हरुले उठाएको एसईई परीक्षा प्रणाली खारेज गर्ने विषममा सरोकारवाला निकायहरुसँग छलफल भईरहेको बताए । उनले सरकारले यस अगाडि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिक जस्तो सरोकारवाला निकायहरुसँग छलफल गरिरहेको जनाए । उनले यो विषयमा मन्त्रालयले कसैको दवाबमा काम नगर्ने प्रतिवद्धता जनाए ।

मन्त्री पौडेलले प्रारंभिक बालशिक्षा पढाउने शिक्षकलाई ६ हजार तलबमा काम गर्नु लगाउनु अन्याय भएको बताए । उनलेमन्त्रालयले सरकारले तोकेको तलब दिने भनेर निर्णय गरेको तर केही पालिकामा लागू नभएकोमा गुनासो गरे ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ६ : ०९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि