१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

साढे १७ हजार शिक्षक दरवन्दी खुल्ला गर्ने तयारीमा छौं : शिक्षामन्त्री पौडेल



काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुल्ला गर्ने तयारीमा रहेको बताएका हुन् ।
मन्त्री पौडेलले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पुरा गर्ने गरी विज्ञापन खुल्ला गरिने बताए । पौडेलले ५ वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियम अनुसार बढुवा गर्ने तयारीमा रहेको जनाए । उनले शिक्षक सेवा नियमावली मन्त्रीपरिषद्बाट पारित भइसकेको जानकारी दिए ।

मन्त्री पोडेलले सरकारले शिक्षक अस्पताल बनाउने योजना पनि अगाडि बढाएको जानकारी दिए ।

मन्त्री पौडेलले बैंठकमा सांसद्हरुले उठाएको एसईई परीक्षा प्रणाली खारेज गर्ने विषममा सरोकारवाला निकायहरुसँग छलफल भईरहेको बताए । उनले सरकारले यस अगाडि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिक जस्तो सरोकारवाला निकायहरुसँग छलफल गरिरहेको जनाए । उनले यो विषयमा मन्त्रालयले कसैको दवाबमा काम नगर्ने प्रतिवद्धता जनाए ।

मन्त्री पौडेलले प्रारंभिक बालशिक्षा पढाउने शिक्षकलाई ६ हजार तलबमा काम गर्नु लगाउनु अन्याय भएको बताए । उनलेमन्त्रालयले सरकारले तोकेको तलब दिने भनेर निर्णय गरेको तर केही पालिकामा लागू नभएकोमा गुनासो गरे ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ६ : ०९ बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर