२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

हेण्डसमलाई प्रेममा रुवाउने यी अभिनेत्रीहरू



मुम्बई(एजेन्सी) । फिल्म विश्वमा जोडिएको र अलग्गिएको चर्चा प्रायः भइरहन्छ । कैयौं स्टारहरु यस्ता छन्, जसको प्रेम अन्य स्टारसँग एकपटक नभई कैयौंपटक हुने गर्दछ । बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले एकपटक मात्र नभई कैयौं पटक हेण्डसम प्रेमीसँग प्रेम गरेर उनीहरुको हृदयमा विछोडको छुरा चलाएका छन् ।

अभिनेत्री सुस्मिता सेनले हालैमात्र प्रेमी रोहमन शलसँग ब्रेकअपको घोषणा गरिन् । रोहमनसँग करिब तीन वर्ष डेट गरेपछि अभिनेत्रीले सम्बन्ध सकिएको खुलाइन् । यी अभिनेत्रीले यसअघि झण्डै दश हेण्डसमसँग ब्रेकअप गरिसकेकी छन् । यो सूचीमा विक्रम भट्ट, रणदीप हुड्डा, बन्टी सचदेवादेखि लिएर इम्तियाज खत्रीसम्मको नाम छ ।

अभिनेत्री प्रियंका चोपडाको अफेयरको सूची पनि लामै छ । उनको प्रेम सम्बन्ध अभिनेता शाहरुख खानदेखि लिएर शाहिद कपुरसम्म थियो । उनको अफेयर हरमन बावेजासँग पनि थियो । यद्यपि उनले यी हेण्डसमसँग नभई हलिउड स्टार निक जोनससँग सम्बन्ध गाँसिन् ।

अर्की अभिनेत्री दीपिका पादुकोणको नाम धेरै हेण्डसमसँग जोडिएको छ । अभिनेता रणवीर सिंहसँग विवाह अघि उनको अफेयर रणवीर कपूरसँग थियो । यसअघि उनको नाम युवराज सिंह, सिद्धार्थ माल्या, निहार पाण्ड्या र उपेन पटेलसम्म जोडिएको थियो । सिंहबाहेक अन्य कुनै पनि हेण्डसमसँग उनको प्रेम सम्बन्ध लामो समयसम्म चल्न सकेन ।

बलिउड सुपरस्टार सलमान खानसँग ब्रेकअप पछि अभिनेत्री ऐश्वर्या रायको नाम विवेक ओबरोयसँग जोडियो । विवेकले जसै सलमानसँग झगडा गरे, त्यसपछि ऐश्वर्याले विवेकसँगको सम्बन्ध पनि तोडिन् । उनले विवेकको क्रियाकलाप ‘अपरिपक्व’ भएको प्रतिक्रिया दिएकी थिइन् ।

अभिनेत्री जाह्नवी कपूरको नाम उनको डेब्यू फिल्म ‘धड्कन’ स्टार इशान खट्टरसँग जोडिएको थियो । फिल्मको प्री–लञ्च इभेन्टको समयमा उनीहरु निकै नजिक देखिएका थिए । यसपछि उनीहरु लामो समयसम्म सँगै देखिए । उनीहरुमा जसै प्रेमको तह बढिरहेको थियो, जाह्नवीका पिता बोनी कपुरले उनीहरुको सम्बन्धलाई मान्यता दिएनन् । त्यसपछि उनले ईशानसँग ब्रेकअप गरिन् ।

अभिनेत्री आलिया भट्ट हालका दिनमा अभिनेता रणवीर कपूरसँग डेट गरिरहेकी छन् । यसअघि उनी अभिनेता सिद्धार्थ मल्होत्रासँगको डेटमा थिइन् । तर उनीहरुको सम्बन्ध केही समयसम्म मात्र रह्यो ।

अभिनेत्री विपाशा बसु र अभिनेता जोन अब्राहमको सम्बन्ध निकै वर्षसम्म चल्यो । दुवै लिभ इन रिलेसनसिपमा थिए । उनीहरुबीच मतभेद भएपछि अलग्गिने निर्णय लिए । जोनले विपाशाअघि डिनो मारियासँग डेट गरेका थिए ।

अभिनेत्री कटरीना कैफले हालैमात्र अभिनेता विकी कौशलसँग विवाह गरिन् । यसअघि उनको नाम सलमान खान र रणवीर कपूरसँग जोडिएको थियो । यसबाहेक उनी सिद्धार्थ माल्यासँगको प्रेममा पनि थिइन् ।

एक समय थियो, जब अभिनेत्री माधुरी दिक्षितको नाम अभिनेता सञ्जय दत्तसँग जोडिएको थियो । उनीहरुको अफेयरको चर्चा खुबै भएको थियो । जसै सञ्जयको नाम सन् १९९३ को मुम्बई बम ब्लाष्टमा जोडियो, त्यसपछि माधुरीले तुरुन्तै सञ्जयसँग सम्बन्ध तोडिन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १२ : ४१ बजे

जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र

धनुषा । जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी