१४ चैत्र २०८२, शनिबार | March 29, 2026

विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता बाँडेर मनाए वडा अध्यक्ष न्यौपानले जन्मदिन, स्कुल बस किन्न एकलाख प्रदान



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो जन्म दिनलाई सामाजिक काम गरेर मनाएका छन् ।

तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपानेले जन्मदिनको अवसरमा आफ्नै वडाको गौतम बुद्ध मा वि केवलानीका कक्षा १ देखि ६ कक्षा सम्मका १०३ जना विद्यार्थीलाई कापी कलम, लगायत शैक्षिक सामग्री र जुत्ता वितरण गरेका छन् भने विद्यायको स्कुल बस किन्न एकलाख रुपैयाँ सहयोग गरेका छन् ।

जन्मदिनकै अवसर पारेर शनिबार वडा कार्यालयमार्फत विद्यालयलाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरिएको छ ।

शैक्षिक सामाग्री वितरण तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शर्मा र प्रधानाध्यापक मृगेन्द्र शर्माले वडा अध्यक्ष न्यौपानेको सहयोगको सराहना गरे ।

वडा अध्यक्ष न्यौपानेले आफूले पाउने तलब भत्ता पनि आफूले नलिई विद्यालयका निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्दै आएका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ५७ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको