१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि रु एक अर्ब बजेट



धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ ।

क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए ।

उनले भने, “धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव पारित भएको छ, अब चाँडै मन्त्रिपरिषद्मा लैजाने छौँ ।” उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ ।
आले पर्यटन मन्त्री भएलगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिबद्धता जनाएअनुसार उक्त बजेट विनियोजन गरिएको हो ।

धनगढीमा क्षेत्रीय विमानस्थल बनेपछि सुदूरपश्चिम प्रदेशकै विकास तथा जनजीवनमा फड्को मार्ने प्राध्यापक डा हेमराज जानकारी दिए ।

उनले भने, “क्षेत्रीय विमानस्थल बनाउने कुरो सुदूरपश्चिमकै लागि कोसेढुङ्गा परियोजना हो, सुदूरपश्चिमेलीको वर्षौंदेखिको सपना मन्त्री आलेले पूरा गरी दिए, हामी खुशी छौँ ।” यसैगरी आज बसेको उक्त बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेलधुरासमेतमा विमास्थलको धावन मार्ग विस्तार तथा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : २९ बजे

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा