२० भदौ २०८३, शनिबार | September 6, 2026

गम्भीर रोगबाट पीडित बलिउड कलाकार



 

काठमाडौं । बलिउडका कलाकार फिल्मको पर्दा वा फिल्म बाहिर जति हंसमुख देखिन्छन्, भित्र उनीहरूको पीडा अर्कै छ । लामो समयसम्म सुटिङ गर्ने र जिममा लगातार पसिना बगाउने यी कलाकारहरू लामो समयदेखि गम्भीर रोगबाट पीडित छन् ।

उनीहरूमा लागेको रोगबारे कमै दर्शकलाई थाहा होला । बलिउडका पाँच कलाकारहरू यस्तै गम्भीर रोगबाट पीडित छन् । अभिनेत्री सोनम कपुर डायबिटीजबाट पीडित छिन् । युवा अवस्थादेखि नै सोनम यो रोगसँग जुधिरहेकी छन् । त्यहीकारण आफूलाई फिट बनाउन उनी योगाका अलावा मेडिकेसन गरिरहेकी छन् ।

‘देशी गर्ल’ प्रियंका चोपडा पाँच वर्षको उमेरबाटै दमबाट पीडित छिन् । उनले सामाजिक सञ्जालबाट आफ्नो रोगबारे खुलासा गरिसकेकी छन् ।

‘दबंग खान’ सलमान पनि गम्भीर बिरामीसँग जुधिरहेका छन् । उनलाई ट्राइजेमिनल न्यूरेल्जिया छ । यो रोगले बिरामीको नशामा असहनीय पीडा दिन्छ । जसकारण अनुहारदेखि दिमागसम्म दुखाइ हुन्छ ।

एक्सन हिरो अजय देवगनलाई टेनिस एल्बो छ । कैयौं पटक सुटिङको समयमा उनले यसको दुखाइको सामना गरेका छन् । यहीकारण उनले कतिपय अवस्थामा सुटिङसमेत गर्न पाएका छैनन् ।

अभिनेत्री अनुष्का शर्मा बल्जिंग डिस्कबाट पीडित छिन् । यो हड्डी सम्बन्धीको रोग हो । यसमा दुखाइको पीडा हड्डीबाट सुरु हुन्छ र विस्तारै शरीरका विभिन्न अंगमा पुग्छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ३३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा