७ आश्विन २०८३, बुधबार | September 23, 2026

चिसो बढेपछि २ दिनका लागि विद्यालय बन्द गर्ने बुटवल उपमहानगरपालिकाको निर्णय



बुटवल । बुधबार बिहानैदेखि हल्का रुपमा परेको वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

वर्षासँगै तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेपछि स्थानीय सरकारले २ दिनको लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारण विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यालयले दिने वर्षे हिउँदे विदाबाट मिलान गर्ने गरी पौष १५ र १६ गते २ दिनका लागि बिदा आह्वान गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

उपमहानगर अन्तरगत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु बिहीबार र शुक्रबार बन्द रहने भएका छन् ।

बुटवलमा सामुदायिक ३८ र संस्थागत-निजी ५८ विद्यालय छन् । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् । रूपन्देही क्षेत्रमा न्युनतम तापक्रम १५ डिग्री सेल्सियसमा झरेको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ४ : २५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११