४ असार २०८३, बिहिबार | June 18, 2026

सुर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रलाई



धरान । स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते ।

धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् ।

शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे । सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे । एमेच्योरतर्फ दोस्रो स्थान युवराज भुजेल ९२२३० र तेस्रो स्थान सद्भाव आचार्य ९२२७० ले हासिल गरे ।

व्यावसायिकतर्फ दोस्रो स्थानमा धरानकै बलभद्र राई रहे । उनले समग्रमा ७ ओभर २ सय १७ स्कोरका साथ ८८ हजार रुपैयाँ जिते । तेस्रो स्थानमा ९ ओभर २ सय १९ स्कोर जोडेका निरज तामाङले ६५ हजार रुपैयाँ हात पारे । चौथो स्थानमा संजय लामाले १० ओभर २ सय २० स्कोरसाथ ५३ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

सुरुवाती दुई दिनमा ३६ होलको खेलपछि २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल पुलिसका एआइजी हरी पाल, सुर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नविन सरोज र धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरे ।

कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : १२ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान

सक्रिय राजनीतिबाट अलग भएको कृष्णबहादुर महराको घोषणा

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ

रास्वपाको महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका