१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आजदेखि मौसममा सुधार आउने, तर हल्का वर्षा र हिमपातको सम्भावना कायमै



काठमाडौं । आज बिहीबारबाट मौसममा सुधार आउने आँकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो । आजबाट क्रमश: यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आँकलन महाशाखाका मौसमविद्ले गरेका हुन् ।

यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहान देशभर आंशिक छ भने थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

शुक्रबार गण्डकी र प्रदेश १ एक वा दुई स्थानमा हल्का वर्षा र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ७ : ४६ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”